सोमबार, साउन ५, २०८२

संस्थापन इतरको छलफलमा दुई घण्टा ढिलोगरी पुगे शेखर

संस्थापन इतर समूहका नेताहरूको छलफलमा डा. शेखर कोइराला दुई घण्टा ढिलोगरी सहभागी भएका छन्।
 |  मंगलबार, पुस ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

vianetvianet

काठमाडौं- संस्थापन इतर समूहका नेताहरूको छलफलमा डा. शेखर कोइराला दुई घण्टा ढिलोगरी सहभागी भएका छन्। बिहान ८ बजेदेखि नै छलफल सुरु भए पनि डा. कोइराला करिब १० बजेतिरमात्रै बैठकमा पुगेका हुन्।

लैनचौरस्थित एक होटलमा चलिरहेको बैठकबाट संस्थापन इतर समूहले संसदीय दलको नेताका लागि साझा उम्मेदवार तय गर्नेगरी छलफल गरिरहेको छ। संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा र डा. शेखर कोइरालाले रुचि देखाएका छन्। 

छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वेय बद्री पाण्डे, जीवन परियार, सांसद् चन्द्र भण्डारीलगायत नेताहरू सहभागी छन्।

प्रकाशित: Dec 20, 2022| 10:42 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...