बुधबार, जेठ २७, २०८३

संस्थापन इतरको बैठकमा शेखर कोइराला नै अनुपस्थित

नेपाली कांग्रेसको संस्थापन इतरको समूहको जारी छलफलमा नेता डा. शेखर कोइराला अझै उपस्थित भएका छैनन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतरको समूहको जारी छलफलमा नेता डा. शेखर कोइराला अझै उपस्थित भएका छैनन्।  बिहान ८ बजेदेखि इतरसमूहका नेताहरूको जारी छलफलमा संसदीय दलको नेताका प्रत्यासी डा. कोइराला यो समाचार तयार पार्दासम्म उपस्थित भएका छैनन्।

National life

संसदीय दलका अर्का प्रत्यासी एवं महामन्त्री गगनकुमार थापा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वेय बद्री पाण्डे, जीवन परियार, सांसद् चन्द्र भण्डारीलगायत नेताहरू छलफलमा सहभागी छन्।

बुधबार नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन हुँदैछ। संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा आफैँ अघि सरेका छन् भने संस्थापन इतरबाट महामन्त्री थापा र डा. कोइराला आकांक्षी छन्।

संस्थापन इतर पक्षबाट साझा उम्मेदवार तय गर्न सोमबार दिनभर छलफलमा भए पनि निष्कर्ष निस्किन सकेको थिएन। ठोस निष्कर्ष निकाल्ने भन्दै नेताहरू आज पनि छलफलमा जुटेका हुन्।

प्रकाशित: Dec 20, 2022| 10:17 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...