शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुलुकी संहिताको विरोधमा चालक आन्दोलित: अछाममा हवार्इ फायर, नगरपालिका तोडफोड

मुलुकी संहिताको विरोधमा चालक आन्दोलित: अछाममा हवार्इ फायर, नगरपालिका तोडफोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
अछाम- मुलुकी संहिताको विरोध गर्दे आन्दोलनमा उत्रिएका सवारी चालकहरुको प्रदर्शनमा बल प्रयोग गरेपछि प्रहरीले एक राउन्ड हवार्इ फायर तथा केही दर्जन अश्रु ग्यास प्रहार गरेको छ। संहिताको विरोधमा देशभर चालहरु आन्दोलित छन्। जसका कारण तीन दिनदेखि सार्वजनिक सवारी साधन ठप्प छन्। 

आक्रोशित प्रदर्शनकारीले नगरपालिकाको कार्यालय तोडफोड गर्नुका साथै नगरप्रमुखको गाडीमासमेत क्षती पुर्‍याइएको छ। 

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा सवारी चालकलाई सरकारले हत्याराकै अभियोग लगाउने गरी संहिता ल्याएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। उक्त संहिताको परिमार्जनको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले नगरपालिका घेराउ गर्न खोज्दा स्थिति तवावग्रस्त बनेको थियो।

झडपबाट स्थानीय १९ वर्षीय शैलेश कुवँरको आँखामा गम्भीर चोट लागेकाले उपचारका लागि काठमाडौं लगिएको आफन्तले जानकारी दिएका छन्। नगरपालिकाभित्र प्रहरीसहित छलफलमा बसेको बेला गाडीमाथि तोडफोड भएको प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।