सोमबार, साउन ५, २०८२

माओवादी रुपन्देही इन्चार्जले दिए राजीनामा

नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन्।
 |  मंगलबार, पुस ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

vianetvianet

बुटवल- नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लामा पार्टीले कुनै सिट जित्न नसकेको भन्दै उनले राजीनामा दिएका हुन्।

मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्जसमेत रहेका नेता खाँले सोमबार साँझ विज्ञप्ति जारी गर्दै रुपन्देहीमा पार्टीले प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेकाले इन्चार्ज पदमा रहिरहन नैतिकताले नदिने भन्दै राजीनामा दिएको उल्लेख गरेका छन्।

समानुपातिकतर्फ पनि २०७४ को निर्वाचनमा पाएको मत भन्दा धेरै मत घटेको र प्रतिनिधिसभातर्फ मुस्लिम क्लस्टर ‘कोल्याप्स’ भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

आफ्नो राजीनामाबाट पार्टीमा पर्न गएको असरप्रति उनले क्षमा याचना समेत गरेका छन्। रुपन्देहीमा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धन नै क्लिन स्वीप भएको थियो भने माओवादी केन्द्र प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा क्लिन स्वीप भएको थियो।

प्रकाशित: Dec 20, 2022| 08:45 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...