शुक्रबार, वैशाख २५, २०८३

बैतडीमा बाँदरको आक्रमणबाट महिला घाइते

बैतडीमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

National life

बैतडी- बैतडीमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छन्। भान्सा कोठामा खाना पकाइरहेका बदेलले आक्रमण गर्दा दोगडाकेदार गाउँपालिका-४ पीपलकोटकी ५० वर्षीया मीना भट्ट घाइते भएकी हुन्। 

उनको टाउकोमा छ वटा टाँका लगाइको छ। बाँदरको झुण्ड खाना खोस्न भान्सामा पसेकाबेला प्रतिकार गर्दा बाँदरले आक्रमण गरेर गम्भीर घाइते बनाएको पीडित महिलाका देवर सत्यदेव भट्टले बताए।

दशरथचन्द नगरपालिका–४, ५, ६, ८ र १० नम्बर वडाका अधिकांश गाउँ बाँदरका कारण रित्तिएको मोहित भण्डारीले बताए। भारतले हरिद्वारका बाँदर गाडीमा राखेर बैतडी जिल्लाको महाकाली छेउमा छोड्दा ती बाँदरले बैतडीको दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकामा आतङ्क मच्चाएको किसानको गुनासो छ।

प्रकाशित: Dec 20, 2022| 07:37 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।