बुधबार, जेठ २७, २०८३

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता

नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदै छ।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं- नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदै छ। कांग्रेसले सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समिति गठन गरेको थियो। समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उमेदवारी दर्ता गर्नु पर्नेछ। 

National life

उमेदवारी दर्ता आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ। उमेदवार बन्न ५१ हजार शूल्क तिर्नुपर्ने भएको छ। 

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासहित नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उमेदवारी दिने तयारी गरेका छन्। यद्यपि, कोइराला र थापाबीच सहमतिको प्रयास भइरहेको छ। 

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन्। बुधबार कांग्रेसको संसदीय दलको निर्वाचन हुँदै छ।

प्रकाशित: Dec 20, 2022| 06:42 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...