शुक्रबार, साउन १, २०८३

 तस्करीको सुनसहित विमानस्थलबाटै ८ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- तस्करीको सुनसहित आठ जनालार्इ त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट पक्राउ गरिएको छ। 

थाईल्यान्डको बैङ्ककबाट नेपाल आउँदै गरेको नेपाल एयरलाईन्सको फ्लाईट नम्बर आरए-४०२ विमान तथा कतारको दोहाबाट काठमाडौं आउँदै गरेको हिमालय एयरको फ्लाईट नम्बर एच-९-५५६ फ्लाईटबाट काठमाडौं आउँदै गरेका दुई विमानबाट अवैध सुनसहित आठ जना पक्राउ परेको छन्। 
 
पक्राउ पर्नेमा कतारबाट काठमाडौ आउँदै गरेका हिमालय एयरलाईन्स यात्रु आनन्द मोहन सिंह तथा नेपाल एयरलाईन्सका यात्रु बिनोद बानियाँ, समिर तामाङ, रवी श्रेष्ठ, राजकुमार आचार्य, दिपबहादुर तामाङ, मनोज कुमार तामाङ, तथा सिंहबहादुर तामाङ छन्।

उनीहरुको साथबाट अवैध रुपमा भित्र्याईँदै गरेको करिब चालिस लाख बराबरको सुनका विभिन्न गहना बरामद भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ।
 
पक्राउ परेका आठ जनाको बारेका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।