सोमबार, साउन ५, २०८२

मन्त्रिपरिषद् बैठक, मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन्।
 |  सोमबार, पुस ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

vianetvianet

काठमाडौं– सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत गरेको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका स्वीकृत गरेसँगै विभिन्न मुलुकमा मौसमी कामदार पठाउने मेनपावर कम्पनीले सरकारको स्वीकृतिका लिनुपर्नेछ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन्।

बैठकले निलगिरि खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ। निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको बताए। उनले सरकारले माथिल्लो फावाखोला जलविद्युत् आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको उनले जानकारी दिए। 

मन्त्री कार्कीले संरक्षण क्षेत्रभित्रका जलविद्युत् आयोजनाका लागि थप सर्त समावेश गर्ने निर्णय भएको बताए। उनले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको उनले बताए। यस्तै, बैठकले खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ। कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने निर्णय बैठकले गरेको छ।

प्रकाशित: Dec 19, 2022| 17:11 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...