शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पैसाका लागि जोशीपुरमा व्यापारीको हत्‍या, तीन जना नियन्त्रणमा

पैसाका लागि जोशीपुरमा व्यापारीको हत्‍या, तीन जना नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 धनगढी- कैलालीको जोशीपुर गाउँपालिका-१ का व्यापारी ३७ वर्षीय रामप्रसाद जैशीको हत्यामा संलग्न दुई जनासहित ३ लाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
 
गत भदौ २८ गते जोशीपुर बजारमा आफ्नै किराना पसलमा जैशीको हत्या गर्ने सोही ठाउँका ४१ वर्षीय गंगाराम चौधरी र ३८ वर्षीय राजकुमार डगौरालाई प्रहरीले पक्राउ गरेको हो। निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरी वलीले दुबै जनालाई हिजो पक्राउ गरेको जानकारी दिए। 

प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। साथै घट्नाबारे जानकारी भएर पनि प्रहरीलाई खबर नगरी अभियुक्तलाई सहयोग गर्ने टीकापुर नगरपालिका–३ घर भई गोदावरी नगरपालिका–८ मा पसल गरी बस्ने ३५ वर्षीय डम्मर चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार व्यापारीसँग प्रशस्त पैसा हुने भएकाले उनीसँग भएको पैँसा लुट्नकै लागि हत्या गरिएको खुलेको छ। छोराछोरीसहित श्रीमती तीज मनाउन माइती घर टीकापुर गएको मौका छोपेर दुवै जनाले जैशीको पसलमै आएर बियर खाएको र त्यही क्रममा मसिनो तारले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ। ‘दुबै जना पहिले देखि जैशीसँग रकम लेनदेन गर्दै आएका रहेछन्’ वलीले भने,‘पछिल्लो समय दुबैजना आर्थिक रुपमा समस्यामा परेकाले हत्या गरेर रकम लुट्ने योजना बुनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

हत्यामा संलग्न भनिएका राजकुमार यस अघि दुई बर्ष मलेसिया बसेर फर्किएको र उनले मलेशिया जाँदा पनि जैशीबाट नै रकम मागेर लगेको प्रहरीले जानकारी दिएको छ। 

जैशीको हत्या गरेर कति रकम लुटे त्यो बारेमा एकिन हुन नसके पनि राजकुमारबाट सात हजार एक सय १० भारतीय रुपैँया, जैशीको मोवाईल सेट तथा २२ थान एक सयका रिचार्जकाड बरामद गरिएको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।