बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिँदा ५१ हजार दस्तुर अनिवार्य

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिँदा ५१ हजार दस्तुर अनिवार्य

सोमबार कांग्रेसको निर्वाचन समितिले निकालेको निर्वाचन कार्यतालिकामा दलको नेतामा उम्मेदवारी दिन चाहनेले ५१ हजार शुल्क तिर्नुपर्ने सूचना निकालेको हो।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसले आगामी ६ पुुसमा हुने संसदीय दलको नेतामा उम्मेदवारी दिनेले ५१ हजार शुल्क तोकेको छ। सोमबार कांग्रेसको निर्वाचन समितिले निकालेको निर्वाचन कार्यतालिकामा दलको नेतामा उम्मेदवारी दिन चाहनेले ५१ हजार शुल्क तिर्नुपर्ने सूचना निकालेको हो।

४ मंसिरको प्रतिनिधिसभा चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ।

कांग्रेसभित्र संसदीय दलको नेता बन्न चाहने आकांक्षी संख्या लम्बेतान रहे पनि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच मुख्य प्रतिस्पर्धा हुने बताइन्छ। यद्यपि पार्टीभित्र सर्वसम्मत नेतृत्व चुनिने नेताहरुले बताउँदै आएका छन्। सोमबार बसेको कार्यसम्पादन समिति बैठकको निर्णयअनुसार कांग्रेसले दलको नेता छान्न निर्वाचन कार्यकतालिका सार्वजनिक गरेको छ।

प्रकाशित: Dec 19, 2022| 15:41 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...