शनिबार, जेठ ३०, २०८३

नवनिर्वाचित सांसदको शपथ सात पुसमा

प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं– प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ। मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २७५ जना सांसदको शपथ हुन लागेको हो।

National life

नयाँ सांसदको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन्। 

नागरिकताका आधारमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव ज्येष्ठ सदस्य भए पनि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले शपथ गराउने सम्भावना छ। उनी ८१ वर्षका छन्। यादवले आफ्नो उमेर नागरिकतामा मात्र बढी भएको र आफू ६८ वर्षको मात्र भएको बताएका छन्।

२०७४ सालमा प्रतिनिधिसभा सदस्यहरूलाई महन्थ ठाकुरले शपथ ग्रहण गराएका थिए। उनीभन्दा उमेरमा बढी महिन्द्र राय यादव भए पनि वास्तविक उमेर कम रहेको स्वीकार्दै यादव शपथ ग्रहणको दिन अनुपस्थित रहेर ठाकुर अगाडि सरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरेकी  छन्।

Shivam cement

प्रकाशित: Dec 19, 2022| 13:21 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...