शुक्रबार, साउन १, २०८३

अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन घिमिरे अनुमोदन भएका छन्। 

संसदीय सुनुवारइ विशेष समितिको बिहीबार बसेको बैठकले कार्यवाहक रहेका घिमिरेलार्इ अख्तियार प्रमुखमा अनुमोदन गरेको हो। 

संवैधानिक परिषदले २० भदौमा अख्तियारको प्रमुखमा घिमिरेलार्इ सिफारिस गरेको थियो। समितिले २३ भदौदेखि १ असोजसम्म १० दिनभित्र उजुरी दिने समय तोके पनि उनीविरुद्ध उजुरी उजुरी परेको थिएन। यसअघि घिमिरे अख्तियारका कार्यवाहक प्रमुख थिए। 

तत्कालीन प्रमुख आयुक्त दीप बस्‍नेत २९ माघ ०७४ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाएपछि प्रमुख आयुक्त पद रिक्त थियो। चार आयुक्तमध्ये वरिष्ठताका आधारमा घिमिरेलाई कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी दिइएको थियो। 

बस्नेतको अवकाशपछि आयोगमा कार्यवाहक प्रमुख आयुक्त घिमिरे, आयुक्तत्रय डा. गणेशराज जोशी, सावित्री थापा गुरुङ र राजनारायण पाठक छन्। पृष्ठभूमि, अनुभव र दक्षता सबै हिसाबले प्रमुख आयुक्त बन्न योग्य मानिएका थिए, घिमिरे।

अहिलेसम्म विवादमा नपरेका उनी पूर्वप्रशासक हुन्। गृह, रक्षालगायत महत्वपूर्ण मन्त्रालयमा सचिव भएर प्रशासनिक नेतृत्व सम्हालेका उनको प्रशासन क्षेत्रमा लामो अनुभव छ। 

खरो स्वभाव र विषयवस्तुमा गहिरो अध्ययनका कारण अख्यितारमा उनको संलग्नता महत्वपूर्ण रहँदै आएको छ। अख्तियारको प्रमुख आयुक्तका लागि पूर्वमुख्यसचिव एवम् चीनका लागि नेपाली राजदूत लीलामणी पौडेल, गृह सचिव प्रेमकुमार राई र पूर्वगृहसचिव सूर्यप्रसाद सिलवालको नाम पनि चर्चामा थियो। यस्तै, पूर्वमहान्यायधिवक्ता युवराज संग्रौला र पूर्वमुख्यसचिव राजकिशोर क्षत्रीलाई पनि सम्भावित पात्रका रूपमा हेरिएको थियो।

लामो समयसम्म रिक्त रहेको अख्तियारले नेतृत्व पाएसँगै गति लिने विश्वास गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।