बुधबार, जेठ २७, २०८३

सरकारको नेतृत्वबारे निरन्तर छलफल : प्रचण्ड

सरकार गठनका लागि कांग्रेस–एमालेको कुरा भइरहेको छ भने नेकपा माओवादी केन्द्रले पनि कुरा चलाउन सक्ने अध्यक्ष प्रचण्डको तर्क।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दिनभित्रै गठबन्धनबाटै सरकार गठन हुने तर नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल चलिरहेको बताएका छन्।

National life

सोमबार चितवनमा अध्यक्ष प्रचण्डले  पत्रकारसँग कुरा गर्दै माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको बताए। 

उनले भने, ‘नयाँ प्रधानमन्त्रीबारे गठबन्धनमा छलफल गर्छौं र टुंग्याउँछौं। अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन। मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वाभाविक भए पनि बाहिर भनेजस्तो दाबी गरेको छैन।’ प्रधानमन्त्रीका लागि सबै चीज दाउमा राख्न नचाहेको बताए। 

उनले एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको उनको धारणा छ। ‘सरकार गठनका लागि कांग्रेस-एमालेको पनि कुरा भइरहेको छ। हाम्रो पार्टीसँग पनि एमालेको कुरा भइरहेको छ। कुरा हुनेवित्तिकै टुंगोमा पुगेको भन्ने होइन,’ अध्यक्ष प्रचण्डले भने। 

प्रचण्डले एमाले माओवादी पार्टी एकताका लागि बाहिर आएजसरी औपचारिक छलफल र कुराकानी नभएको दाबी गरे। उनले राष्ट्रपति गैरदलीय व्यक्ति हुन नसक्ने भएकाले दलबाटै  चयन गरिने बताए।  

Shivam cement

‘गठबन्धनमा गैरदलीय व्यक्ति राष्ट्रपति हुने भनेर छलफल नभएकाले सम्भावना पनि छैन। राष्ट्रपतिले दिएको सात दिने समयमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत शक्ति बाँडफाँट गरेर प्याकेजमै सहमति खोज्ने प्रयत्नमा दलहरू छन्’, उनले भने।

प्रकाशित: Dec 19, 2022| 11:22 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...