बुधबार, जेठ २७, २०८३

सिके राउत संसदीय दलको नेता चयन

बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसद सम्मिलित बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९
National life
Shivam cement

काठमाडौं– जनमत पार्टी अध्यक्ष डा. सीके राउत संसदीय दलको नेतामा चयन भएका छन्। काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसद सम्मिलित बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो।

जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न यतिबेला बैठक बसिरहेको छ। जनमतका ६ सांसद छन्। राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन्।

राउत सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै संघीय सांसदमा निर्वाचित भएका हुन्।

प्रकाशित: Dec 19, 2022| 10:57 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...