बुधबार, जेठ २४, २०८०

सनराइज बैंकका ग्राहकलाई विश्वज्योति सिनेप्लेक्समा अफर

सनराइज बैंकका ग्राहकहरूले विश्वज्योति सिनेप्लेक्समा सिनेमा हेर्नका लागि दुइटा टिकट खरिद गर्दा एउटा टिकट निःशुल्क पाउने भएका छन्।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- सनराइज बैंकका ग्राहकहरूले विश्वज्योति सिनेप्लेक्समा सिनेमा हेर्नका लागि दुइटा टिकट  खरिद गर्दा एउटा टिकट निःशुल्क पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउन र डिजिटल भुक्तानीमा बानी पार्ने उद्देश्यले विश्वज्योति सिनेप्लेक्ससँग त्यस्तो सम्झौता गरेको हो।

Everest Bank

सम्झौताअनुसार सनराइज बैंकका ग्राहकहरूलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिइनेछ। यो योजना बैंकले पुस १ गतेदेखि तीन महिनासम्मका लागि ल्याएको जनाएको छ। बैंकका अनुसार बैंकका ग्राहकहरूले यो योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन्।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले टिकट खरिद गर्दा सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङप्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। सनराइज बैंकले केही वर्षअगाडि पनि क्यूएफएक्स सनिमाजका दुईवटा टिकटको खरिदमा एउटा टिकट सित्तैँमा दिने लोकप्रिय योजना ल्याएको थियो। 

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरू दिँदै आएको छ। यस अफरले ग्राहकहरूलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने लाभले अझै बढी कारोबार गर्न मद्दत गर्ने बैंकले जनाएको छ।


प्रकाशित: Dec 18, 2022| 05:40. 04 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कथा लेख्नुको मजा छुट्टै छ, धेरै पात्रको जीवन बाँच्न  पाइन्छ: मनिषा गौचन [अन्तर्वार्ता]

'फूलहरुको रंग छैन' कविता संग्रहमार्फत साहित्यमा दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासले उनलाई राम्रोसँग चिनाएको छ।

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...