शुक्रबार, साउन १, २०८३

‘सरकारको समर्थन फिर्ता हुन सक्छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर

धनगढी-राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले वर्तमान सरकारको यस्तै रबैया कायम रह्यो भने सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने चेतावनी दिएका छन् । 

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले दुई तिहाईको सरकारबाट नै जनता असुरक्षित बनेको भन्दै यसैगरी राज्य आतंक कायम रह्यो भने पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने चेतावनी दिए । 

‘देशमा हत्या आतंक बढेको छ नागरिकले राज्यबाट नै असुरक्षा महशुस गरिरहेका छन् प्रहरी प्रशासनको चरम दमन छ’ नेता महतोले भने,‘शुशासन र सुरक्षाको अनुभुति जनताका लागि दिनप्रतिदिन टाढाको बिषय हुनथालेको छ ।’ 

अपराधी पक्राउ गरी कानुनको कठघरमा उभ्याउन लाग्नुको साटो उल्टै राज्यपक्ष प्रमाण नष्ट गरी अपराधि जोगाउनतर्फ लागेको आरोप लगाउँदै महतोले जनता सरकारबाट नै असुरक्षित रहेको दोहार्‍याए।

दुई तिहाईको सरकार बने संविधान संशोधन गरेर सबैका समस्या समाधान गर्ला भनेर आफूहरुले सरकारलाई सर्मथन गरेको औँल्याउँदै महतोले सबै सम्झौता उलंघन गरेको आरोपसमेत लगाए।

‘सरकारको काम कारबाही संन्तोषजनक छैन’ उनले भने,‘हामाी पर्ख र हेरको स्थितीमा छौ अदि समर्थन फिर्ता लिने अवस्था आए भने त्यसको परिणाम भयानक हुने र सरकारलाई निकै क्षतिपुग्ने छ ।’ 

रेशम चौधरीको सपतग्रहण नगर्नु तथा लक्ष्मण थारुलगायतका नेताहरुलाई रिहाई गर्ने सहमतिका आधारमा नै आफूहरुले सरकारको सर्मन गरेको उनले स्पस्ट पारे । 

जनतलाई अधिकार नदिएर सरकारले कामनकाजको संघीयता लागु गरेको उनको टिप्पणी गरे । टीकापुरमा भएको घट्नालाई सरकारले राजनीतिक घट्नाको रुपमा दिनुकोसाटो अपराधिक घट्नाका रुपमा लिएर मुद्दा चलाउनु दुःख भएको उनले बताए।

पत्रकार सम्मेलनमा नेता अनिल झाले सरकारले सिकेराउतको मागलाई बल पुर्‍याउने काम गरिरहेको आरोप लगाए । ‘हामीले देश बिखण्डन गर्न खोजिरहेका छैनौ’ झाले भने,‘सरकारनै मधेशी र थारुलाई अधिकार नदिएर देश बिखण्डन गर्न लागेको छ ।’
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।