काठमाडौं- ऋषि बरालको पहिलो कृति 'पैतालाका डोबहरू' बजारमा आएको छ। वरिष्ठ कवि तथा गीतकार गीतकार रत्नशम्शेर थापाले उनको कृति विमोचन गरे।
कृतिका बारेमा त्रिभुवन विश्वविध्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुईंटेलले समालोचनात्मक टिप्पणी गरे। कार्यक्रममा नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडे, अनेसासका नवनिर्वाचित अध्यक्ष राधेश्याम लेकाली, अनेसासका पूर्वअध्यक्ष गीता खत्रीलगायत उपस्थित थिए।
मुक्तककार रमेश पौडेलले बरालको संग्रहमा माया, प्रेम, घरदेश र परदेशका सुख, दु:ख र मानवीय प्रवृत्तिका छनक पाउन सकिने बताए। नेपाल मुक्तक प्रतिष्ठानले उक्त कृति प्रकाशित गरेको हो। 'पैतालाका डोबहरू'मा दुर्इ सय १६ वटा परिवेश र समयमा सिर्जित चतुष्पदीय छन्दका मुक्तक समेटिएका छन्। संग्रह ९६ पृष्ठको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४