आइतबार, साउन ४, २०८२

मलेसियामा पहिरो परी कम्तीमा २१ जनाको मृत्यु

मलेसियाको सेलान्गोर राज्यमा पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ। पहिरोमा १४ जना बेपत्ता भएका छन्।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

काठमाडौं- मलेसियाको सेलान्गोर राज्यमा पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ। पहिरोमा १४ जना बेपत्ता भएका छन्।

घटना सेलान्गोरको बताङ काली शहरमा रहेको शिविर नजिक भएको हो। शुक्रबार बिहान ३ बजे परिवार पालभित्र सुतिरहेका बेला पहिरो खसेको हो।

शुक्रबारदेखि माटोमुनी फसेकाको खोजीकार्य तीव्र पारिएको स्थानीय प्रहरीले जनाएको छ। शिविरमा रातभर बस्न ५१ वयस्क र ३० बालबालिकाले नाम दर्ता गराएको शिविरका प्रबन्धकले बताए।

मलेसियाली प्रशासनलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा ७०० अधिकारी राहत र उद्धार कार्यमा संलग्न रहेको र १४ जना अझै बेपत्ता रहेको खबर आएको छ। मृत्यु हुनेमा चार बालबालिका रहेका छन्।

प्रकाशित: Dec 17, 2022| 09:00 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।