काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको संसदीय सुनुवाई बिहीबार हुँदैछ । दिउँसो १ बजे बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकले घिमिरेको सुनुवाई गर्न लागेको हो ।
उनीविरुद्ध कुनै पनि उजुरी परेका छैनन् । उजुरी नपरेका कारण उनको सुनुवाई लामो नहुने र आजै उनको नाम समितिबाट अनुमोदन हुनसक्ने स्रोतले जनाएको छ । समितिका दुईतिहाइ सदस्यले समितिमा आएको नाम अस्विकृत वा अस्विकृत गर्न सक्ने संवैधाननिक प्रावधान छ ।
सुनुवाई विशेष समितिले नाम अनुमोदन गरे अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ। २०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारीमा छन् ।
संवैधानिक परिषदले अख्तियारको प्रमुख आयुक्तका लागि उनको नाम भदौ २० गते सिफारिस गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४