शुक्रबार, वैशाख २५, २०८३

विद्यालयका कम्प्युटर चोरी गर्ने सात जना पक्राउ

शैक्षिक संस्थाबाट बिधुतीय उपकरण चोर्ने, ओसारपसार गराउने र पोखराको विभिन्न पसलबाट बिक्री बितरण गर्ने सात जना चोरलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, पुस १, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

स्याङ्जा- शैक्षिक संस्थाबाट बिधुतीय उपकरण चोर्ने, ओसारपसार गराउने र पोखराको विभिन्न पसलबाट बिक्री बितरण गर्ने सात जना चोरलाई प्रहरीले पक्राउ गरेको छ।

National life

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनिहरुलाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। फेदीखोला-४ तल्लाचौरस्थित आरुखर्क आधारभूत बिद्यालय र राम्चेदेवी आधारभूत बिद्यालयबाट कम्प्युटर, प्रिन्टरहरू, प्रोजेक्टर लगायतका सामाग्री चोर्ने चोरहरुलाई प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा फेदीखोला-४ का २६ वर्षीय प्रेम विक, २१ वर्षीय सुमन सुनार र पुतलीबजार-४ का १९ वर्षीय समिर सुनार छन्। यस्तै चोरी भएका सामाग्री बिक्री गर्न संलग्न पोखरा बस्दै आएका लमजुङ जिल्ला सुन्दर बजार-११ का २९ वर्षीय राजु मजाकोटी र २७ वर्षीय अमृत दुरा छन् भने कास्कीका २९ वर्षिय प्रविन नेपाली र ३७ वर्षीय दिपेन्द्र पोख्रेललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।

उनीहरूले गत २४ गते राती विधालय तोडफोड गरेर यी सामग्रीहरू चोरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरीले नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो। उनीहरूमाथि चोरी तथा डाका मुद्दा दर्ता गरिएको छ।

प्रकाशित: Dec 16, 2022| 07:55 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।