काठमाडौं- तराईका केही भू–भागमा केही समययता बिहानीपख हुस्सु र कुहिरो लाग्दै आएको छ। यद्यपि, घाम लागेसँगै यो हट्दै जाने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हुस्सु र कुहिरो लागेसँगै तापक्रम घट्दै जान थालेको छ। जसका कारण बिहान र बेलुका तराईमा पनि जाडो बढेको छ।
देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गर्दै आएको छ।
विभागका अनुसार आज बिहान तराई भू–भागका केही स्थानमा हुसु र कुहिरो लागेको छ। पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज बिहान पौने ६ बजेको काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ। दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ।
आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१ को पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।