शुक्रबार, साउन १, २०८३

अछाममा ६ महिने बालकमाथि एसिड खन्याउने पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
अछाम- अछामको तुर्माखाद गाउँपालिका–४ चिसिका ६ महिने बालक मुस्कान बयकलाई घरमा सुताइ राखेको अवस्थामा एसिड जस्तै मानिने ‘कोरिसिफ’ क्यामिक्ल अनुहारमा फ्याक्ने महिला पक्राउ परेकी छिन् । 

घटनाको बारेमा जानकारी पाए गत्तै उनको घरमा पुगेको प्रहरी टोलिले उनकै काकी २५ वर्षकी जानकी बयकलाई पक्राउ गरेको हो । मंगलबार उनले एसिड फ्याक्दा बालक गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते बनेका बालक मुस्कानको नेपालगन्ज मेडिकल कलेजमा लैजादा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला अस्पताल अछाममा अक्सिजन दिनेलगायतका सामान्य उपचारपछि बालकलाई नेपालगन्ज रेफर गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।