शुक्रबार, वैशाख २५, २०८३

मानसिक हिंसाका उजुरी दर्ता सबैभन्दा बढी

महिला आयोगमा पर्ने कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेका हुन्।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं– राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको विवरण सार्वजनिक गरेको छ। बिहीबार आयोगद्वारा आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो।

National life

आयोगमा साउनदेखि कात्तिकसम्म मानसिक हिंसासम्बन्धी ३२५ (४२ प्रतिशत), आर्थिक हिंसासम्बन्धी २२४ (२९ प्रतिशत), शारीरिक हिंसासम्बन्धी १९८ (२६ प्रतिशत ) र यौनजन्य हिंसा २२ (३ प्रतिशत) दर्ता भएका छन्।

‘केन्द्रमा मात्र सहज पहँुच हुनाले बागमती प्रदेशमा बढी उजुरी दर्ता भएको हुन सक्छ’,  आयोग अध्यक्ष कमलाकुमारी पराजुलीले भनिन्, ‘आयोग ग्रामीण समुदायबाट पनि उजुरी दर्तामा होस् भनी सहज वातावरण सिर्जना गर्न पहल गरेका छौं।’ 

कार्यक्रममा चालू आवको ४ महिनामा आयोगद्वारा भएका स्थलगत अनुगमन, सचेतनामूलक कार्यक्रम तथा प्रकाशन, दर्ता भएका उजुरीलगायतका गतिविधिबारे जानकारी दिइएको थियो।

प्रकाशित: Dec 15, 2022| 16:42 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।