शनिबार, साउन ३, २०८२

विषाक्त मदिराबाट बिहारमा २२ जनाको ज्यान गयो

छिमेकी देश भारतको छिमेकी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।
 |  बिहीबार, मंसिर २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

vianetvianet

काठमाडौं– छिमेकी देश भारतको छिमेकी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। बिहारको सारण जिल्लाका तीन वटा गाउँमा उनीहरुको ज्यान गएको हो।

बिहारमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ। तर सरकारको अनुमति नलिई स्थानीय स्तरमा उत्पादन एवम् बिक्री हुने मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्। 

प्रहरीका अनुसार अस्पताल भर्ना भएका मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन्। 

महिला समूहले मदिरा उत्पादन तथा बिक्रीवितरणविरुद्ध अभियान चलाएपछि बिहार राज्यमा ६ वर्षयता मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ।

भारतको गुजरातमा पनि केही महिनाअघि विषाक्त मदिरा पिउँदा २८ जनाको मृत्यु भएको थियो भने ६० जना बिरामी भएका थिए। गुजरातमा पनि मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ। 

प्रकाशित: Dec 15, 2022| 17:10 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।