शुक्रबार, साउन १, २०८३

आजका अखबार : नेपालको नक्सा भारतको कब्जामा !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक  अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले नेपालको नक्सा भारतमा छपाई हुने गरेको खुलासा गरेका छन् भने कसैले संविधान दिवस मुख्यमन्त्रीबाटै बहिष्कार भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

आजको अन्नपूर्ण पोस्ट्ले 'नक्सा नेपालको, छपाइ भारतको' शीर्षकमा सिमाविद् बुद्धिनारायण श्रेष्ठले लेखेको आलेखलाई प्रमुखताका साथ छापेको छ । भारतमा छापिएर नेपालका बजारमा बिक्रि वितरण गरिएका अधिकांश नक्सामा नेपालको सिमाना शुद्ध र क्षेत्रफल पूर्ण भएको नपाइएको आलेखमा  उल्लेख छ । भारतमा बनेका नक्सामा नेपालको ३ सय ७२ बर्गकिलोमिटर भूमि अतिक्रम परेको छ । दार्चुल जिल्लाको नक्सा खुँडे बनाइएको अन्नपूर्णले लेखेको छ । 

यस्तै 'नेताहरु हुल बाँधेर विदेश' शीर्षकमा एङ्कर न्यूज छापेको अन्नपूर्णले पञ्चायती र राणाकाल शासनको झल्को दिने गरि तक्मा वितरण भएको खबर लेखेको छ । तक्मामा मात्रै वार्षिक ८ करोड खर्च हुन्छ भने सोर्सफोर्स र पहुँचका आधारमा तक्मा दिने चलन अझै रहेको समाचारमा उल्लेख छ । 

यसैगरि आजको नागरिक दैनिकले दुई नम्बर प्रदेशमा संविधान दिवसको कार्यक्रम मुख्यमन्त्रीले नै बहिष्कार गरेको विषयलाई मुख्य समाचार बनाएको छ । देशका अधिकांश स्थानमा संविधान दिवस धुमधामका साथ मनाइरहदा दुई नम्बर प्रदेशका मन्त्री र मुख्यमन्त्रीले भने र्काक्रम नै बहिष्कार गरेको समाचारमा जनाएको छ । यस्तै नागरिकले नेताहरु लर्को लागेर विदेश यात्रामा निस्किएको विषयलाई प्राथमिकताका साथ छापेको छ । 

विषाक्त मदिरा पिउँदा मलेसियामा ६ नेपालीको मृत्यु भएको विषयलाई एङ्कर न्यूज बनाएको आजको नयाँ पत्रिकाले 'घट्दै प्रहरीमाथिको विश्वास' शीर्षकमा मुख्य समाचार छापेको छ । कञ्चनपुर घटनापछि प्रधानमन्त्री र गृहमन्त्रीले समेत विश्वास गर्न छाडेको, अपराध २५ प्रतिशतले बढेको, दैनिक दुईको हत्या तीन बलात्कारका घटना हुने गरेको समाचारमा जनाइएको छ । 

विभूषण सिफारिस समितिका सदस्यले आफ्नै नाम प्रस्ताव गरेको, एक वर्षमा कर्मचारीको विदेश भ्रमणमा २४ करोड खर्च भएको, खानेपनी जाँच्न सातै प्रदेशमा वाटर एम्बुलेन्स सञ्चालन गरिने विषलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएको छ । 

आजको कान्तिपुरले भने 'पर्यटक भिसाको सेटिङ' शीर्षकमा मुख्य समाचार छापेको छ भने कञ्चनपुरकी निर्मला पन्तको हत्या पछि उनका साथी समेत त्रसित हुँदै आएको खबर लेखेको छ । 

आजको कारोबारले भने सैनिक हेलिकप्टरमा १ वर्षमा भिआईपीहरु ८ सय घण्टा उडेको विषयलाई मुख्य समाचार बनाएको छ।  माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई दिइएको वित्तीय स्रो जुटाउने अवधी दोस्रो पटक पनि सकिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।