काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा आगामी ४ पुसमा जलपान कार्यक्रम आयोजना गर्ने भएको छ। बहादुरभवनस्थित आयोग परिसरमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अति विशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको उनको भनाइ छ।
यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन्। गत वैशाखमा स्थानीय तह तथा ४ मंसिरमा मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ।