शुक्रबार, कात्तिक २८, २०८२

मेस्सीको एउटै सपना अर्जेन्टिनालाई विश्वकप उपाधि

वालोन डी ओर, युरोपियन गोल्डेन बुट, फिफा बेस्ट प्लेयर, च्याम्पियन्स लिग, कोपा अमेरिकाजस्ता उपाधि र अवार्ड जितिसकेका मेस्सी फुटबल क्षेत्रका महान् खेलाडी भइसकेका छन्। १८ डिसेम्बरमा साविक विश्वकप विजेता फ्रान्सलाई हराएर अर्जेटिनालाई तेस्रो पटक उपाधि दाबेदार बनाउन चाहन्छन् मेस्सी।
 |  बिहीबार, मंसिर २९, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं– लियोनेल मेस्सी अर्थात् २१औं शताब्दीका सर्वोत्कृष्ट खेलाडी। उनले दोस्रो पटक आफ्नो नेतृत्वमा टिमलाई विश्वकपको फाइनलमा पुर्‍याएका छन्। पहिलो फाइनल सन् २०१४ मा जर्मनीसँग थप गरिएको अन्तिम समयमा गोल बेहोर्न पुगेपछि पराजित भएको थियो। त्यसैले यस पटक उनलाई अन्तिम मौका छ।

National life

१८ डिसेम्बर आइतबार राती ८–४५ बजे लुसेल रंगशालामा अर्जेन्टिनाले उपाधिका लागि साविक विजेता फ्रान्सको सामना गर्दै छ। अर्जेन्टाइन कप्तान मेस्सीले यो खेल आफ्नो विश्वकप करियरको अन्तिम रहेको बताइसकेका छन्। ‘मलाई लाग्छ, आइतबार हुने फाइनल खेल मेरो करियरकै विश्वकपको फाइनल खेल हुनेछ। अर्थात्, अन्तिम खेल हुनेछ। अब यसपछि हुने सन् २०२६ विश्वकपमा म सायदै उपस्थित हुने छैन,’ उनले यसअघि मिडियासँग भनेका थिए।

सबै खेलाडीका लागि एउटा विश्वकपको उपाधि र वालोन डीओर जित्ने ठूलो सपना हुन्छ। उनीहरूले आफ्नो करियरमा यसलाई पूरा गर्ने प्रयास गर्छन् तर त्यसमा कोही मात्रै सफल हुन्छन् भने धेरै असफल। मेस्सी करियरको सुरुआत गर्दैगर्दा यी दुई कुरा जित्ने सपना देख्थे। १३ वर्षको उमेरमै अर्जेन्टिनाको रसेल सहरदेखि स्पेनिस क्लब बार्सिलोना आएका मेस्सीले त्यही बेला यसबारे कुरा गरेका थिए। ‘मैले विश्वकै उत्कृष्ट बार्सिलोनाको एकेडेमीबाट करियरको सुरुआत गर्ने मौका पाएको छु। म धेरै खुसी छु, सानै उमेरमा यस्तो राम्रो अवसर पाएको छु। यहाँ आफूलाई विश्वास गरेर राम्रोसँग खेल्न सकें भने पक्कै पनि उच्च स्तरको प्रदर्शन गर्न सक्नेछु। म वालोन डी ओर र विश्वकप पनि जित्न चाहन्छु किनकि यी दुई कुरा सबैभन्दा महत्त्वपूर्ण छन्,’ स्पेनको मिडियासँग त्यतिबेला मेस्सीले भनेका थिए।

त्यसको केही वर्षपछि मेस्सीले आफ्नो प्रदर्शनमा व्यापक सुधार गर्दै एकेडेमीबाट सीधै बार्सिलोनाको सिनियर टिममा स्थान बनाए। सन् २००५/६ बाट सिनियर टिममा डेब्यु गरेका उनले सन् २००९ मा २० वर्षको उमेरमा पहिलो वालोन डी ओर जिते। अर्थात्, एउटा सपना पूरा गरे। त्यसपछि सन् २०१२ सम्म लगातार चार वर्ष वालोन डी ओर जितेर सबैभन्दा धेरै अवार्ड जित्ने खेलाडी बने मेस्सी।

वालोन डी ओर, युरोपियन गोल्डेन बुट, फिफा बेस्ट प्लेयर, च्याम्पियन्स लिग, कोपा अमेरिकाजस्ता उपाधि र अवार्ड जितिसकेका मेस्सी फुटबल क्षेत्रका महान् खेलाडी भइसकेका छन्। १८ डिसेम्बरमा साविक विश्वकप विजेता फ्रान्सलाई हराएर अर्जेटिनालाई तेस्रो पटक उपाधि दाबेदार बनाउन चाहन्छन् मेस्सी।

२४ वर्षका मेस्सीले त्यतिबेला चार वालोन डी ओर र दुई च्याम्पियन्स लिग जितिसकेका थिए र आफूलाई विश्व फुटबलको अभिन्न अंगका रुपमा उभ्याइसकेका थिए। अहिले मेस्सी संसारमा सर्वाधिक सात पटक वालोन डी ओर जित्ने एक मात्रै खेलाडी हुन्।

Laxmi sunrise bank
kumari

एउटा खेलाडीको रुपमा हेर्दा मेस्सीको जस्तो करियर बनाउनु सबै खेलाडीका लागि एउटा सपना हो। वालोन डी ओर, युरोपियन गोल्डेन बुट, फिफा बेस्ट प्लेयर, च्याम्पियन्स लिग, कोपा अमेरिकाजस्ता उपाधि र अवार्ड जितिसकेका मेस्सी फुटबल क्षेत्रका महान् खेलाडी भइसकेका छन्। तर मेस्सी ती अवार्ड र उपाधिबाट मात्रै सन्तुष्टि छैनन्।

प्रकाशित: Dec 15, 2022| 13:38 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।