शुक्रबार, साउन १, २०८३

फोरमका मन्त्रीले गरेनन् 'ब्ल्याक आउट'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- संविधान दिवसको विरोधमा राजपा र संघीय समाजवादी फोरमले बुधबार साँझ ब्ल्याक आउटको आह्वान गरेको थियो। प्रदेश २ मा राजपा फोरम नेतृत्वको सरकारमा सत्ता साझेदार दल हो।

राजपाले साँझ ७ बजेदेखि साढे सात र फोरमले ७ बजेदेखि सवा सात बजेसम्म ब्ल्याक आउट गर्न आह्वान गरेको थियो। तर, आफ्नै पार्टी र सत्ता साझेदार दलले ब्ल्याक आउट गर्ने आह्वान मन्त्रीहरुले मानेन्।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित फोरमबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भने आफ्नो सरकारी निवासमा ब्ल्याक आउट गरेका थिएनन्। तर, फोरमबाटै मन्त्री बनेका शैलेन्द्र साहले भने आफ्नो निवासमा बत्ति निभाएका थिए।

त्यसैगरी राजपाबाट मन्त्री बनेका जितेन्द्र सोनाल, नवल किशोर साह र रामनरेश रायले पनि आफ्नो निवासमा ब्ल्याक आउट गरेका थिए। ब्ल्याक आउटको निर्णय नमान्नु आफ्नो स्वतन्त्रता रहेको राजपाका एक मन्त्रीले प्रतिक्रिया दिए।

फोरमको तराई-मधेश तदर्थ कमिटीले संविधान दिवसको विरोध गर्ने निर्णय गरेपनि पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले यस्तो कुनै निर्णय नभएको बताएका थिए।

यता ब्ल्याक आउटको आह्वान गरिएपनि जनकपुरमा यसको आंशिक प्रभाव देखिएको छ। संविधान जारी भएको बेला यहाँका नागरिकले स्वस्फूर्त रुपमा अ–आफ्नो घरको बत्ति निभाएको थिए। तर, यसपटक भने त्यसो देखिएन। पसलहरुको बत्ति समेत बन्द नभएपछि राजपा समर्थक युवाहरु ब्ल्याक आउट गराउन सडकमा निस्किएका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।