शनिबार, साउन ३, २०८२

नेपाल घुम्न आए बलिउड अभिनेता विवेक ओवराय

ओवराय परिवार १० दिने नेपाल भ्रमणमा आएको हो।
 |  बिहीबार, मंसिर २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

vianetvianet

काठमाडौं– बलिउड अभिनेता विवेक ओवराय सपरिवारसहित नेपाल भ्रमणमा आएका छन्। ओवराय परिवार १० दिने नेपाल भ्रमणमा आएको हो।

बिहीबार विवेकको परिवारले पशुपतिनाथको दर्शन गरे। पहिलो पटक नेपाल भ्रमणमा आएका ओवरायले काठमाडौंका चन्द्रागिरि, सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनीलगायत ठाउँमा भ्रमण गर्नेछन्। 

प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर गर्दै पोखरा घुम्ने योजना छ। ओवराय धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्नेछन्। विवेकको परिवारलाई व्यवसायी पुनम यादवले नेपाल ल्याएकी हुन्। ओवरायले मुम्बईबाटै आफू नेपाल आउन लागेको जानकारी भिडियोमार्फत दिएका थिए। ‘हजारौं वर्षदेखि नेपाल र भारतको सुन्दर सम्बन्ध तथा एकता छ। म नेपालमा आउन पाउँदा एकदमै खुसी छु किनकि नेपाल यस्तो देश हो, जहाँ भारतसँग मिल्दोजुल्दो धार्मिक, संस्कृति, इतिहास छ। नेपालको मान्छे हाम्रै हुन्, हामी उनीहरूकै हौं। मलाई २० वर्ष अभिनय करियरमा नेपाली दर्शकले जति माया दिनुभएको छ, त्यसप्रति आभारी छु,’ उनले भनेका थिए।

बुधबार बेलुका ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरियो भने नेपाली ढाकाटोपीका साथ स्वागत गरिएको थियो। विमानस्थलमा मिडियासँग उनले नेपाल भ्रमणको उद्देश्यबारे संक्षिप्त कुराकानी गरे।

उनले भने, ‘म यसअघि नेपाल आएको छैन। बुबाआमा कैंयन पटक आउनुभएको छ। मलाई पशुपतिनाथको दर्शन गर्नु थियो र बच्चाहरूलाई नेपाल देखाउनुथियो। नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध रहिआएको छ। मलाई लाग्छ, बच्चाहरूलाई पनि नेपाल देख्नुपर्छ र मैले पनि हेर्नुपर्छ। मलाई लुम्बिनी र पोखरा घुम्न मन छ।’

सन् २००२ मा रामगोपाल बर्माको फिल्म ‘कम्पनी’ बलिउड डेब्यु गरेका विवेक पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पीएम नरेन्द्र मोदी’ मा देखिएका थिए। उनले दुई वटा फिल्मफेयर अवार्ड जितेका थिए। विवेकका साथमा बुबा सुरेश ओवराय पनि नेपाल भ्रमणमा आएका छन्। सुरेश बलिउड फिल्ममा चर्चित चरित्र अभिनेताका साथै भारतीय टेलिभिजन पर्सानालिटी पनि हुन्।

प्रकाशित: Dec 15, 2022| 12:36 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।