शनिबार, साउन ३, २०८२

दुई गैँडा मृत भेटिए

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडाको मृत फेला परेको छ।
 |  बिहीबार, मंसिर २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

vianetvianet

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडाको मृत फेला परेको छ। निकुञ्जको अमलटारी सेक्टरको कुजौलि रेञ्जपोष्टअन्तर्गत नारायणी नदी किनारस्थित निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो। 

बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले भेला गैँडालाई मृत अवस्थामा भेटेको निकुञ्ज प्रशासनले जनाएको छ। 

अन्दाजी ६ महिना (खाग नपलाएको) उक्त गैँडाको बाघको आक्रमणबाट मृत्यु भएको जनाइएका छ। 

यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामिचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि अर्को गैँडा मृत फेला परेको छ। बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले पोथी गैँडा मृत अवस्थामा भेटेको हो। 

अन्दाजी १५ वर्ष उमेरको उक्त गैंडाको आपसमा जुधेर मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ।

प्रकाशित: Dec 15, 2022| 12:17 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।