जनकपुरधाम- धनुषामा मिलको फित्तामा बेरिएर एक जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाकी ४५ वर्षीया श्रीमती कालो देवी साह रहेकी छन्।
बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालो देवीको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
उनको शवलाई पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।