शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिराहामा घाँस काट्न गएकी महिलाको हत्या, दुई युवक पक्राउ

सिराहामा घाँस काट्न गएकी महिलाको हत्या, दुई युवक पक्राउ

सिराहाको मिर्चैयामा प्रहरीले घाँस काट्न गएकी महिलाको हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

सिराहा- सिराहाको मिर्चैयामा प्रहरीले घाँस काट्न गएकी महिलाको हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। 

National life

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार अपरान्ह सिराहाको कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया नगरपालिका-२ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मिनियादेवी कापरको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय दुई युवकलाई पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १ का २० वर्षीय नितेश कुमार रजक र वडा नम्बर २ मल्हनिया टोलका २० वर्षीय राजकुमार महतो कोइरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए। 

पक्राउ परेका दुवैजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा बुधबार सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए।

मंगलबार दिउँसो गाउँ नजिकैको जंगलमा घाँस काट्न घरबाट निस्किएकी कापरलाई पछ्याउँदै जंगलमा पुगेर जबर्जस्ती गर्न खोजेपछि प्रतिवाद गर्दा आरोपी दुई जनाले घाँटी तथा पेटमा खुकुरी प्रहार गरी हत्यापछि फरार भएको प्रहरीले जनाएको छ। 

कापरको हत्यापछि फरार भएका दुई जनालाई जिल्ला प्रहरी, मिर्चैया प्रहरी र जनकपुरस्थित मधेश प्रहरी कार्यालयबाट आएको तालिम प्राप्त कुकुरसहितको संयुक्त टोलीले हत्यामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरेको हो। 

प्रकाशित: Dec 15, 2022| 10:29 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।