बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका -७ सुइलेकमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका हुन्।
बुधबार राति धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घाइतेहरूको परिचय खुल्न सकेको छैन।