शुक्रबार, साउन १, २०८३

नार्कका वैज्ञानिकविरुद्ध साइबर अपराध मुद्दा दर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - सामाजिक सञ्जाल फेसबुकमा अश्लिल सामाग्री पठाएर यातना दिएको आरोपमा राष्ट्रिय कृषी अनुसन्धान विभाग (नार्क) का वैज्ञानिक डा मेघराज तिवारीविरुद्ध साइबर अपराध मुद्दा दर्ता गरिएको छ। 

विगत पाँच महिनादेखि फेसबुकमा आफ्नो गोप्य अंगको भिडियो तथा फोटो पठाएर शारीरिक सम्पर्क प्रस्ताव राखेको आरोपमा उनलार्इ सोमबार पक्राउ गरिएको थियो। 

आफ्नै २० वर्षिया छात्रालार्इ फेसबुकमार्फत शारीरिक सम्पर्कको प्रस्ताव राखेको खुलेपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको महानगरीय अपराध महाशाखा प्रमुख धिरजप्रताप सिंहले बताएका छन्। 

डा तिवारीबाट पीडित भनिएकी युवती विक्षिप्त अवस्थामा रहेको प्रहरीले जनाएको छ। कलेज पढ्न छाडेर गृहजिल्ला मोरङ पुगेकी उनी बाहिरी मान्छे देख्नेबित्तिकै डराउने अवस्था रहेकी र मानसिक रूपमा बिरामी देखिएकीले उनको उपचार भइरहेको प्रहरीको भनाइ छ।

सो मुद्दामा उनको ‘स्टेटमेन्ट’ लिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा प्रहरी खटिएको थियो। तर, उनी बिरामी भएकाले कुराकानी गर्न नसकिएको मोरङका एसपी मनोजकुमार केसीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।