शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मापसे गरेकी श्रीमतीको कुटपिटबाट श्रीमान‍्को मृत्यु

मापसे गरेकी श्रीमतीको कुटपिटबाट श्रीमान‍्को मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले मादक पदार्थ सेवन गरी कुटपिठ गर्दा श्रीमान‍्को मृत्यु भएको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले मादक पदार्थ सेवन गरी कुटपिठ गर्दा श्रीमान‍्को मृत्यु भएको छ। 

National life

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बुधबार साँझ ९:३० बजे  पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भई हाल जिल्ला तनहुँ  शुक्लागण्डकी नगरपालिका  ४ प्रगति टोलमा डेरा गरी बस्ने  ४० वर्षीय मन बहादुर नेपालीलाई श्रीमतीले ढुङ्गाले टाउकोमा हानी हत्या गरेकी हुन्। 

३६ वर्षीय श्रीमती सुशीला बिकले मादक पदार्थ सेवन गरी घरायसी कुराहरुमा विवाद हुदाँ ढुङ्गाले श्रीमान‍्को टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएकोमा उनको उपचारको क्रममा ११  बजे जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र  तनहुँमा मृत्यु भएको हो। 

घटनामा संलग्न सुशीला बिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए। 

प्रकाशित: Dec 15, 2022| 09:13 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।