सोमबार, वैशाख ७, २०८३

कंगोमा बाढीपहिरो : १२० जनाको मृत्यु

कंगोको राजधानी किन्सासामा भारी वर्षासँगै आएको बाढीपहिरोका कारण कम्तीमा १ सय २० जनाको ज्यान गएको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

किन्सासा- कंगोको राजधानी किन्सासामा भारी वर्षासँगै आएको बाढीपहिरोका कारण कम्तीमा १ सय २० जनाको ज्यान गएको छ। 

National life

लगातार घण्टौंसम्म परेको पानीका कारण सहरका अधिकांश सडक जलमग्न भएका र कैयौं घर भत्किएको अधिकारीहरूले जनाएका छन्। मृत्यु हुनेमध्ये अधिकांश पहाडी क्षेत्रमा गएका पहिरोहरूमा पुरिएका हुन्। घटनापछि सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ।

सुरुमा मृत्यु हुनेको संख्या ५५ रहे पनि मंगलबार साँझ अप्रत्याशित रूपमा मृतकको संख्या १ सय २० रहेको जनाइएको छ। भत्किएका कतिपय घरमा परिवारका सबै जना मृत भेटिएका अधिकारीहरूको भनाइ छ। 

गालिमिया क्षेत्रमा ३६ जनाभन्दा बढीको मृत्यु भएको र तीमध्ये केहीको करेन्ट लागेर ज्यान गएको नगरप्रमुख अलिद सिबान्डाले बताएका छन्। 

प्रधानमन्त्री जिन मिचेल सामा लुकोन्डले किन्शासाका प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि सरकारी टोली खटाइएको बताएका छन्।

kumari

प्रकाशित: Dec 15, 2022| 07:17 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।