शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अरिंगालझैं जाइ लाग्‍न प्रधानमन्त्रीले निर्देशन किन दिए?

अरिंगालझैं जाइ लाग्‍न प्रधानमन्त्रीले निर्देशन किन दिए?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा र सरकारमाथि १० गम्भिर र संगीन आरोप लगाएको छ। उसले निर्मला पन्तको प्रकरण लगायतका आपराधिक घटनाका दोषीहरुलाई कारबाही नगरेको देखि संविधान संशोधनको कार्य नगरेको सम्म आरोप लगाएको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गर्दै सरकारले सात महिनाको अवधिमा जनतालाई राहत र सुविधान दिनको लागि कुनै पनि कार्य नगरको आरोप लगाए।

यस्ता छन् कांग्रेसले लगाएका ११ आरोपहरु

निर्मला पन्त हत्याका दोषिलाई जोगाउन र निर्दोसलाई दोषि करार गर्न खोज्ने, न्याय माग्दा गोलि चलाउने र बालक मारिने अवस्था तथा ‘निर्मलालाई न्याय’ नाराका साथ देशको १९ स्थानमा जनप्रदर्शन भएकै दिन प्रधानमन्त्रीले कार्यकर्तालाई अरिगांल झै जाईलाग्न भड्काउयुक्त भाषण गरे। यसको सन्देश के हो? यो शैलिले शान्ति सुरक्षालाई के बढावा दिन्छ? के यहि प्रवृत्तिको निरन्तरताले संविधानलाई सफल बनाउन सकिन्छ?

संविधानसभाद्वारा निर्मित संविधानको तेश्रो जन्मोत्सव मनाईरहँदा संघियताको कार्यान्वयन गर्ने ईच्छाशक्ति र क्षमता सरकारले प्रस्तुत गर्न सकेको छैन।

दुईवटा वाहेक अन्य प्रदेशको नामाकरण हुन सकेको छैन।

प्रदेश राजधानीहरुको अन्तिम टुङ्गोले गम्भिरता पूर्वक विषय प्रवेश समेत पाएको छैन।

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघीय सरकारले ढिलाई गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्तत संघियतालाई अलोकप्रीय बनाउने डिजाईनलाई बल पुगेको छ। 
 
सघीय सरकार र प्रदेश सरकारवीच सहज तादाम्यता स्थापित नगरीएका कारण केन्द्र र प्रदेश विचको द्वन्द सार्वजनिक भेलाहरु मार्फत नै प्रकट हुँदै गएको छ र त्यसले नकारात्मक प्रभाव बढाएको छ। संविधानप्रति अपनत्व विस्तारमा सरकार चुकेको छ।

संविधान संशोधनको विगतको प्रस्तावलाई राष्ट्रघात करार गरेपनि सरकारको बर्तमान नेतृत्वले संशोधन आवश्यक ठहर गर्‍यो तर सत्ताको बाग्र्रेनिङ चिप्सका रुपमा प्रयोग गरेर अन्तत अघि बढाएन। 

सरकारमा रहेका केहीले संविधान दिवस मनाइरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने र कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कही नभएको विचित्रको चित्र प्रस्तुत भइ रहेकोछ। यस्तो स्थिति बन्नु बर्तमान सरकारको नेतृत्वकै असफलता हो भन्ने हाम्रो ठहर छ।

संविधान पालनामा सरकार चुक्यो ः संविधान पालनाको पहिलो कर्तव्य सरकारको हो तर संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन नहुनु यसको पालनामा सरकारको इमान्दारीता नरहेको गम्भीर उदाहरण हो।

१० संविधान अनुरुप लोकतान्त्रिक चरित्र सरकारले देखाएन: प्रतिपक्षलाई प्रतिपक्ष होइन भन्ने अभिव्यक्ति, निषेधाज्ञा, टिभि प्रस्तोतालाई कारवाही, कयौ सरकारी समाचार संस्थाबाट पत्रकारको विदाई, समाचार साभार गरेकोमा पत्रकारलाई हतकडी जस्ता कार्यले लोकतान्त्रिक प्रकृयाबाट नयाँ सरकार त बन्यो तर सरकार लोकतान्त्रिक चरित्रको बन्न सकेन।

११ संविधान सफलताका लागि शान्ति सुरक्षाको प्रश्न : संविधान र सरकारसँग नागरिकको मुख्य अपेक्षा सदैव शान्ति सुरक्षा र समृद्धि हुन्छ। तर, यो सरकार बनेपछिको बितेको ७ महिनामा शान्ति सुरक्षाको स्थिति अत्यन्तै विग्रीएर गएको छ र सरकार सवैभन्दा वढी असफल यो प्रकरणमा भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।