शुक्रबार, साउन १, २०८३

नेकपा सांसदको नजरमा संविधानका चार गल्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सत्तारुढ दल नेकपाका सांसद यज्ञराज सुनुवारले नेपालको संविधानमा चार गल्ती औंल्याएका छन् । संविधान दिवसको उपलक्ष्यमा उनले यस्ता गल्ती देखाएका हुन्।

सुनुवारका अनुसार ती गल्ती सच्याउन संशोधन गरिनुपर्छ। उनले संविधानमा फाँसी र मृत्युदण्डको व्यवस्था हुनेगरी संशोधन गर्नुपर्ने बताएका छन्। उनका अनुसार बलात्कारी, भ्रष्टाचारी, नरसंहारकारीलाई फाँसीको सजाय हुनेगरी संविधानमा संशोधन गर्नुपर्छ। उनले सभ्य समाजमा दण्ड र पुरस्कारको व्यवस्था हुने भएकाले यसलाई संविधानमा व्यवस्था गर्नुपर्छ । भ्रष्टाचार विकासको बाधक भएकाले यसका लागि पनि संशोधन गरेर फाँसीको व्यवस्था गर्नुपर्छ ।

उनले संविधानमा देखाएको अर्को गल्ती हो जमिन व्यक्तिको नभई राज्यको हुनेगरी संशोधन हुनुपर्छ । यसका  लागि राज्यले जमिन व्यक्तिलाई भाडामा दिने व्यवस्था गर्नुपर्ने उनको तर्क छ। यसो गर्दा विकासमा अवरोध नहुने, एकै परिवारले हजारौं बिघा जग्गा ओगट्ने र बाँझो राख्ने परिपाटीको अन्त्य हुने, अनुत्पादक क्षेत्रमा लगानी कम हुने, उद्योग क्षेत्रमा लगानी बाँड्ने र रोजगारीको अवसर वृद्धि हुने उनको तर्क छ।

यस्तै, शिक्षा स्वास्थ्य र रोजगारीमा राज्यले ग्यारेन्टी गर्नुपर्ने व्यवस्था गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन् । यसबाट धनी, गरिब सबैलाई यस क्षेत्रमा समान अवसर मिल्ने उनले उल्लेख गरेका छन् ।

सुनुवारले अगाडि सारेको अर्को महत्वपूर्ण पक्ष हो, सीमाको सुरक्षा । उनले  नेपाल–भारत सीमा जोडिएका ठाउँमा काँडेतार र पर्खाल लगाएर त्यस क्षेत्रमा सेना तैनाथ गर्नुपर्ने व्यवस्था गर्न अनिवार्य भएको उल्लेख गरेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।