आइतबार, पुस २७, २०८२

'विश्वकप उपाधिको सपना किन नदेख्ने हामीले?'

फ्रान्सले त अहिलेसम्म मोरोक्कोसँग हारेकै छैन। यो इतिहास मोरोक्कोका खेलाडीलाई बिर्सिएर मैदानमा आउन सहज छैन। किनभने यसअघिका पाँच मैत्रीपूर्ण भेटमा फ्रान्सले तीन जित निकोको छ भने दुई बराबरी भएका छन्।
 |  बुधबार, मंसिर २८, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, मंसिर २८, २०७९

काठमाडौं- विश्वकपमा यस्तो पहिलो पटक हुँदैछ, कि अफ्रिकन देशले सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेको छ। यसअघि सेनेगल, क्यामरुन र घानाले क्वार्टरफाइनलमा पुगेर बनाएको रेकर्डलाई पछि पार्दै यो पटक मोरोक्को विश्वकपको सेमिफाइनलमा पुगेको छ। र, उसले प्रतिस्पर्धा गर्दैछ  डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग।

National life

फ्रान्सले त अहिलेसम्म मोरोक्कोसँग हारेकै छैन। यो इतिहास मोरोक्कोका खेलाडीलाई बिर्सिएर मैदानमा आउन सहज छैन। किनभने यसअघिका पाँच मैत्रीपूर्ण भेटमा फ्रान्सले तीन जित निकोको छ भने दुई बराबरी भएका छन्। तर, यो विश्वकपमा मोरोक्कोले समर्थकलाई १२औं खेलाडी बनाएको छ।

अहिलेको विश्वकपमा सबैभन्दा ठूलो क्राउड अर्जेन्टिना र मोरोक्कोकै छन्। मोरोक्कोको समर्थकले उसलाई समूह चरणबाटै सेमिफाइनल पुर्‍याउन महत्त्वपूर्ण सहयोग गर्‍यो। उसका खेलहरू त घरेलु मैदानमा भएका खेलजस्तै लाग्थे। जब मोरोक्को खेलिरहेको हुन्थ्यो प्यापिट रातो जर्सीले भरिएका हुन्थे।

त्यसैले पनि फ्रान्सलाई आज सहज हुनेछैन। ‘मोरोक्को सेमिफाइनलमा पुग्यो उसका लागि यो नै ठूलो कुरा हो भनेर सन्तोष मान्न भने म त्यसमा सहमत छैन,’ खेलअघिको पत्रकार सम्मेलनमा मोरोक्कोका प्रशिक्षक वालिद रेग्रागुईले भनेका छन्, ‘यदि सेमिफाइनल पुगेको टिममा उपाधिको भोक छैन भने त्यो चाहिँ समस्या हो।’

रेग्रागुईले भनेको कुरा स्पष्ट छ कि उनी यो विश्वकपमा उपाधि जित्न चाहन्छन्। यी दुई टिमले नखेलेको पनि १५ वर्ष बितिसकेको छ। त्यतिबेला यी दुई टिमले २–२ को बराबरी खेलेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 14, 2022| 10:05 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।