बिहीबार, वैशाख २०, २०८१

'२०४१ सम्ममा स्मार्ट बंगलादेश'

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बंगलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छन्।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बंगलादेश निर्माण गर्ने योजना सार्वजनिक गरेकी छन्। प्रधानमन्त्री हसिनाले बंगलादेशले आगामी सन् २०४१ सम्ममा बंगलादेशलाई एक विकसित मुलुक बनाउने दाबी गरिन्।

triton college

सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भनिन्, ‘हामीले सन् २०४१ सम्ममा हाम्रो बंगलादेशलाई विकसित बनाउने छौं र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ,’ बंगलादेशको एक समाचार समिति युएनबीलाई उद्धृत गर्दै चिनियाँ समाचार समितिले जनाएको छ।

बंगलादेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजिटल बंगलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएकी हुन्। त्यस अवसरमा उनले स्मार्ट बंगलादेश निर्माणका लागि स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट सरकार र स्मार्ट समाज पनि आवश्यक रहेकोमा जोड दिँदै यी कार्यहरु सुरु गर्ने बताइन्।

उनले हरेक नागरिकले कुनै न कुनै सिप सिक्नुपर्ने र दक्ष बन्नुपर्ने भन्दै यहाँका हरेक नागरिकले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिइन्। उनले सूचनामा आधारित समाजको निर्माणमा जोड दिँदै यहाँका अर्थतन्त्र पनि सूचना प्रविधिमा आधारित रहेर विकास गरिने बताइन्।


प्रकाशित: Dec 13, 2022| 14:52 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।