काठमाडौं- नेपाली कांग्रेसले मधेसी दलले संविधान दिवसको अवसरमा विरोध गरेर 'कालो दिन' मनाउनुको कुनै औचित्य नभएको बताएको छ।
संविधान दिवसको अवसरमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेसी दलले दोहोरो चरित्र देखाएको बताएका छन्। उनले भने, 'यही संविधानको मातहतमा रहेर भएको निर्वाचनमा भाग लिने, सरकारमा सहभागी हुने तर संविधानलार्इ कालो दिन मनाउने दोहोर चरित्र देखाएको छ।
उपसभापति निधिले थपे, 'सरकारमा सहभागी र सरकारलार्इ समर्थन गरेको दलले नै संविधानजस्तो राष्ट्रिय दिवसलार्इ कालो दिन मनाउनुको कुनै औचित्य छैन।'
यदी मधेसवादी दलहरुले संशोधनको पक्षमा दबाब दिएर सरकारले संशोधन प्रस्ताव संसद्मा पेस गरे नेपाली कांग्रेसले सहयोग गर्ने जनाएको छ। सरकारले संविधान संशोधनमा कुनै ध्यान नदिएको समेत कांग्रेसको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४