शुक्रबार, साउन २, २०८२

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल समापन

३० मुलुकका ६० फिल्म स्क्रिनिङसँगै किम्फ समापन भएको हो।
 |  मंगलबार, मंसिर २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

vianetvianet

काठमाडौं– क्यानडा र अमेरिकाका दुई फिल्म ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी : अ फादर्स ड्रिम’ सर्वोत्कृष्ट भएसँगै काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ) समापन भएको छ।

मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘बियोन्ड र पास्चरल्यान्ड’ले ललिता नामक पात्रको माध्यमबाट मालिकोट गाउँका बासिन्दा यार्सा टिप्न अग्ला पहाडमा उक्लने कथा भन्छ। ‘सुदूर भूगोलका बासिन्दाको जीवन बाँच्ने सपनाको प्रयत्नले हामीलाई यो परिस्थिति नेपालमा मात्र नभएर अन्यत्र पनि हुन सक्छ भन्ने कुराको बोध गराउँछ’, उक्त फिल्मलाई अवार्ड दिँदै जुरीले भने। 

अमेरिकी निर्देशक सीन ओ’कनर निर्देशित ‘कुमारीः अ फादर्स ड्रिम’ले पथप्रदर्शक जगत लामा र अन्यले भूकम्पले भत्काएको बस्तीलाई अझ सशक्त र बलियो बनाउन गरेको प्रयत्नको कथा भन्छ। ‘यसको कथावस्तु निकै प्रेरक ढंगले भनिएको छ,’ अवार्ड दिँदै जुरीले भने।

अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशित ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेन्ड समिट’ फस्ट च्वाइस, स्वीट्जरल्यान्डका निर्देशकद्वय लिजा रोसिल र क्यारेलिन फ्ल्ङ्कि निर्देशित ‘सोफी लाभौड : लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए।

नेपाल पानोरमा खण्डतर्फ सूर्य शाही निर्देशित ‘ह्वील्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भयो। अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भयो।

नेपाल पानोरमातर्फ इंगी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिंकी श्रीश रानाको ‘हजुर’ले संयुक्त रुपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरे। यस पटकको किम्फमा विद्या चापागाईं र कमलकुमारको ‘हेर्ने कथा’ शृंखलाअन्तर्गतको फिल्म ‘बाघको बंगारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त गर्‍यो।

किम्फमा माइकल पज, जिन्ना ली र किरणभक्त जोशी जुरीको रुपमा थिए। पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको फेस्टिभलको अन्तिम फिल्म अस्ट्रेलियाली निर्देशक जोय कार्टरको ‘फलाई फ्रम एभरेष्ट’ बन्यो। हिमाल एसोसिएसनको आयोजना र काठमाडौं महानगरको सह–आयोजनामा भएको फेस्टिभलको बीसौं संस्करणमा यस पटक ३० मुलुकका ६० फिल्म स्क्रिनिङ भएका हुन्। पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानव अधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यसपटकको नारा ‘दिगो आरोहण’ थियो।

समापन अवसरमा राष्ट्रसंघीय नियोग युनेस्कोका नेपाल प्रमुख माइकल क्रफ्टले किम्फसँग सहकार्य गर्न पाउँदा युनेस्कोले खुसी महसुस गरेको बताए। हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले फेस्टिभललाई निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि दर्शकीय उपस्थितिले उत्साह थपेको धारणा व्यक्त गरे।

प्रकाशित: Dec 13, 2022| 12:09 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।