काठमाडौं–नयाँ बानेश्वरको व्यस्त साडी पसल ‘सिल्क साडी पसल’ दिनदहाडै लुटपाट भएको छ । लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साडी किन्न पसल पुगेका मध्ये एक जना साडी हेर्ने र दुईजनाले साडी चोरी गरी आफ्नो झोलामा हाल्दै गर्दा स्थानीयको सहयोगमा पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाइएको हो ।
पक्राउ परेका तीनै जनाको बारेमा अनुसन्धान भैरहेको नयाँ बानेश्वर प्रहरीले जनाएको छ । दशैंको समयमा यस्ता प्रकारको चोरी नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४