सोमबार, वैशाख ७, २०८३

नयाँ दिल्लीमा वायुको गुणस्तर अति खराब

दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको जनाइएको छ। यससँगै सो क्षेत्रमा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- चिसो बढेसँगै भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर अति खराब पाइएको छ। दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको जनाइएको छ। यससँगै सो क्षेत्रमा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ। नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई रहेको पाइएको छ।

National life

गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वायुको गुणस्तरमा सुधार भएपछि राष्ट्रिय राजधानी क्षेत्रको वायुको गुणस्तरलाई थप बिग्रनबाट रोक्ने आपत्कालीन उपाय कार्यान्वयन गर्ने निर्णय गरेको थियो। केन्द्रीय सरकारले पनि वायुको गुणस्तरको समीक्षा गर्दै सुधारका उपाय इमान्दारीका साथ अवलम्बन गर्न सबै सम्बद्ध निकायलायई निर्देशन दिएको थियो।

देशको राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएपछि यही मङ्सिर १८ गते वायु प्रदूषण हुन नदिने प्रतिकार्य योजनाअन्तर्गत अस्थायीरुपमा भवन निर्माण तथा भत्काउनेलगायत काममा प्रतिबन्ध घोषणा गरिएको थियो। यद्यपि राष्ट्रिय प्रतिरक्षा, मेट्रो रेल, विमानस्थल, अस्पताल, विद्युत् प्रसारणका कामलाई भने निरन्तरता दिन परिपत्र गरिएको थियो।

शून्यदेखि एक सयसम्मको वायु गुणस्तर सूचकाङ्कलाई राम्रो मानिन्छ भने एक सयदेखि दुई सयसम्म मध्यम, दुई सयदेखि तीन सयसम्मलाई खराब, तीन सयदेखि चार सयसम्मलाई अति खराब तथा चार सयदेखि पाँच सयसम्म वा त्यसभन्दा माथिको स्थितिलाई गम्भीर मानिन्छ।  -एएनआई

प्रकाशित: Dec 12, 2022| 22:30 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।