कैलाली- धनगढी उपमहानगरपालिका-१ पशुपती टोलबाट ५ सय रुपैयाँ दरको ९ थान नक्कली नोटसहित भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्तालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनि आएका उनले उक्त नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।