बिहीबार, वैशाख १३, २०८१

चितवनमा घन्कियो नेपथ्य

हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्यान्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरु गरेको नेपथ्यले चितवनमा भने दर्शकमाझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रुपमा छनोट गरेको थियो।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

चितवन– सांगीतिक ब्यान्ड नेपथ्यले चितवनको भरतपुरमा आफ्नो प्रस्तुति पस्किएको छ। बत्तीका चकमन्न रंगीबिरंगी धर्काले अकास र भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्चमा चढेका गायक अमृत गुरुङले गाउन सुरु गरेः

triton college

‘आकाशैबाट के उडी आयो

भेडाको ऊनजस्तो’

मञ्चको माथिल्लो भागबाट हिउँ पर्दै गरेको भान पार्ने गरी स्नो इफेक्ट प्रयोग गरिएको थियो। तल सांगीतिक उत्तेजनामा चिच्याइरहेका झन्डै साढे ६ हजार दर्शकको आवाजले मञ्चको ध्वनिलाई समेत चुनौती दिइरहेको थियो ।

हेटौंडामा आयोजित अघिल्लो कन्सर्टमा ब्यान्डकै स्थापनाकालीन गीत ‘आँगनैभरि’बाट सुरु गरेको नेपथ्यले चितवनमा भने दर्शकमाझ लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रुपमा छनोट गरेको थियो। प्रतिक्रियामा चार वर्षपछि भरतपुर आएको ब्यान्डलाई दर्शकले भरपुर स्वागत गरे।

corrent noodles
Metro Mart

चितवनका दर्शकसँग नेपथ्यको सम्बन्ध निकै पुरानो हो । सबैभन्दा पहिलो कन्सर्ट यहाँ ब्यान्ड स्थापनालगत्तै गणेश चलचित्र मन्दिरमा सन् १९९५ मा आयोजना गरिएको थियो। त्यो क्रम बढ्दै पछिल्लो पटक ब्यान्ड सन् २०१८ मा यहाँ प्रस्तुत भएको थियो। त्यतिबेला नारायणी नदीको किनारमा कन्सर्ट आयोजना गरिएको थियो भने यसपालि पहिलो पटक क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो।

मैदानभरि अटाएका दर्शकको भव्य र सभ्य उपस्थितिले यसरी मुलुकभरको यात्रामा निस्केको नेपथ्यको यो चौथो प्रस्तुति व्यापक रुपमा सफल भएको छ। महिना दिन लामो यात्राअन्तर्गत यसअघि विराटनगर, वीरगन्ज र हेटौंडामा यस्तै भव्य कन्सर्ट सम्पन्न भइसकेका छन् ।  

करिब डेढ दशक पुरानो गीतबाट सुरु गरेको ब्याण्डले दोस्रो गीत झन्डै तीन दशक पुरानो सुनाएको थियो। गीत थियो ‘छेक्यो छेक्यो देउराली डाँडा’। नेपथ्यको सर्वकालिक हिट यो गीत ब्यान्डको दोस्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको थियो।

यो गीत सकिनेबित्तिकै गायक अमृतले दर्शकलाई अभिवादन गरेका थिए।

‘नारायणघाट आउँदा जहिले पनि म उही ३० वर्ष अघिको अमृत गुरुङ हुँ जस्तो महसुस हुन्छ,’ उनले भनेका थिए, ‘भेरि भेट्ने जोग जुरेको बेला सबैलाई स्वागत छ है।’

उनले तेस्रो गीत ‘खान्नँ म त लामपाते सुरती’ सुनाएका थिए।

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरु ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता दिएका थिए।

‘हामी २०४२ मा सात दिन लगाएर जोमसोम पुगेका थियौं,’ अमृतले भने, ‘अब यो देवघाटबाटै बगेको कालीगण्डकी किनारै किनार पुगिने त्यो हिमाली भेग एकै दिनमा जान सकिन्छ।’

अमृतले त्यसपछि धौलागिरितिरै तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा

हिउँको फूल धौलासिरीमा’।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए ।

घरपरिवारबाट निकालिएर सडकमा आश्रित बन्न पुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको मानवसेवा आश्रमसँग मिलेरै नेपथ्यले यस पटकको देश दौडाहा गरेको हो। 

‘नेपथ्य आउने समाचारले धेरै दिनदेखि यो क्षण कहिले आउलाजस्तो लागिरहेको थियो,’ साथीहरुको भिडकै बीच नृत्य गरिरहेकी सिर्जना अधिकारीले भनिन्, ‘यसपाला हामीले काटेको टिकटबाट मानव सेवामा पनि योगदान पुग्दैछ भनेर झनै खुसी लागेको छ ।’

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्टले विराटनगर, वीरगन्ज र हेटौंडापछि चितवनमा पनि सफलता पाएकोमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुसी व्यक्त गरे। 


प्रकाशित: Dec 12, 2022| 11:34 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्