शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान दिवसमा कालो झण्डा देखाउने सीके राउतका कार्यकर्ता पक्राउ

संविधान दिवसमा कालो झण्डा देखाउने सीके राउतका कार्यकर्ता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम– संविधान दिवसको दिन संविधान विरोधी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले सीके राउतका तीन दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छ । 

राउत समूहले संविधान दिवसको विरोधमा जनकपुरमा आयोजना गर्न लागेको आमसभाभन्दा अगाडी नै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले यसअघि मंगलबारै राउतका विश्वासी सत्यनारायण मण्डललाई जनकपुर–८ स्थित उनको घरबाट पक्राउ गरेको थियो । मण्डल राउतको स्वकीय सचिवको भूमिकामा काम गर्दै आएका छन् । त्यसैगरी प्रहरीले सप्तरी, रौतहट लगायतका जिल्लाहरुबाट पनि राउतका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनले संविधानको विरोधमा ‘चलु जनकपुर, भरु जनकपुर’ अर्थात जनकपुर पुगेर संविधानको विरोध गरौँ नारा दिएर आमसभा गर्दैछ । यद्यपी आमसभास्थल कहाँ हुने यस विषयमा केहि खुलाइएको छैन् । विरोधसभामा राउतसमेत सहभागी हुने बताइएको छ ।

कार्यक्रम सफल पार्न राउतका समर्थक र कार्यकर्ताहरुले महिना दिनदेखि तयारी गर्दै आइरहेका छन् । उनीहरु गाउँगाउँ पुगेर घरदैलो अभियान, शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुलाई संगठित गर्ने लगायतका कार्य गर्दै आइ रहेको बुझिएको छ । ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रम सफल पार्न राउत समर्थकहरुले गाउँगाउँमा पर्चा पम्पलेट समेत टालेका छन् ।

यता, प्रहरीले जनकपुरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । विभिन्न चोकहरुमा प्रहरीको संख्या बढाइएको छ भने सादा पोशाकमासमेत प्रहरी परिचालन गरिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।