काठमाडौं- सुनसरीको बराह क्षेत्र नगरपालिका-३ मा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शनिबार राति भएको उक्त दुर्घटनामा परी चार जना घाइते भएका छन्। दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको सनाखत हुन बाँकी छ। घाइते ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुई विपरीत दिशाबाट जाँदै गरेका प्रदेश १–०२–०४३ प १७१, को ३८ प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका थिए।