सोमबार, वैशाख २४, २०८१

अनि रोनाल्डो रुँदै मैदानबाट बाहिरिए...

उपाधि जित्नका लागि गएको टिम अन्तिम आठबाटै घर फर्किनुको पीडा उनलाई थियो। अहिले सामाजिक सञ्जालमा छाइरहेको उनको भिडियोमा त्यो पनि देखिएको छ। कुरा सिधा छ, उनको विश्वकप जित्ने एउटा सबैभन्दा ठूलो सपनामा पूर्णविराम लागेको थियो।
 |  आइतबार, मंसिर २५, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- खेलको निर्धारित समय समाप्तिको नजिक थियो। पोर्चुगल एक गोलले पछि थियो र फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई जसरी पनि बराबरी गोल फर्काउनु थियो। मोरक्कोलाई गोल फर्काउन नसक्ने हो भने आफ्नो टिम विश्वकप प्रतियोगिताको क्वार्टरफाइनलबाटै घर फर्किने कुरा रोनाल्डोलाई पनि थाहा थियो।

triton college

रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, राफेल लियाओले गोल गर्ने प्रयास पनि नगरेका होइनन तर सबै विफल भए। पोर्चुगलका सबै प्रहार खेर गए। यसैबीच रेफ्रीले खेल सकिएको जनाउ दिँदै सिठी बजाए। त्यो आवाज सुनेपछि पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डो कोहीसँग नबोली सरासर ड्रेसिङ रुम गए। उनको आँखाबाट आँशु झरिरहेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ।

उपाधि जित्नका लागि गएको टिम अन्तिम आठबाटै घर फर्किनुको पीडा उनलाई थियो। अहिले सामाजिक सञ्जालमा छाइरहेको उनको भिडियोमा त्यो पनि देखिएको छ। कुरा सिधा छ, उनको विश्वकप जित्ने एउटा सबैभन्दा ठूलो सपनामा पूर्णविराम लागिसकेको थियो। खेल सकिएर मैदानको टचलाइनमा पुगेका उनले आँशु रोक्न सकेनन्। टिमका अफिसियलले उनलाई सम्हालिरहेका थिए। उनी रुँदै ड्रेसिङ रुमसम्मै पुगे।

के अब रोनाल्डोले यस्तै ठूलो प्रतियोगिता खेल्छन्? उत्तर सहज छैन। युरोकप २०२४ जर्मनीले आयोजना गर्दैछ। त्यतिबेला पोर्चुगलका कप्तान एवम् फरवार्ड क्रिस्टियानो रोनाल्डो ३९ वर्षका हुनेछन्। त्यसैले उनलाई त्यो खेलमा देख्न पाइने सम्भावना कमजोर छ। यद्यपि स्वीडेनका ४० वर्षीय ज्लाटन इब्राहिमोविच, पोर्चुगलका ३९ वर्षे पेपे अहिलेसम्म खेलिरहेकै छन्।

तर, धेरै स्टार र उकृष्ट खेलाडीले भरिएको पोर्चुगलको टिमलाई जिम्मेवारी सुम्पिनु पनि रोनाल्डोको अर्को कर्तव्य बन्नेछ। त्यसले उनलाई अर्को युरोकपमा देख्न कठिन हुने अनुमान गर्न सकिन्छ। यति मात्र होइन, उनले गत वर्ष भनेका थिए, 'अब म २०२२ पछि अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने छैन।'

corrent noodles
Metro Mart

यसबाट स्पष्ट हुन्छ २०२२ को फिफा विश्वकप उनका लागि अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। त्यसैले पनि पछिल्लो युरोकप २०२० उनका लागि अन्तिम भएको विश्वास गरिएको थियो। यो विश्वकपमा पोर्चुगल बाहिरिँदा त्यहि विश्वास गरिँदै छ। 

उनले अघिल्लो वर्ष भएको युरोकपमा विश्वको सर्वाधिक गोलकर्ताको रेकर्डसँग बराबरी गरे र युरोकपका सर्वाधिक गोलकर्ता बने। अन्य खेलाडीले भन्दा धेरै अर्थात् पाँचपटक युरोकप खेले भने युरोकपमा सबैभन्दा धेरै खेल २४ वटा खेलमा सहभागी बने।

अहिले विश्वकप हुँदा उनले गोल गरेर पाँच विश्वकपमा गोल गर्ने खेलाडीमा आफ्नो नाम लेखाएका छन्। अनि उनले गएराति पोर्चुगलका लागि १९६ औं खेल खेल्दा विश्वको सर्वाधिक अन्तराष्ट्रिय खेल खेल्ने खेलाडीको रेकर्डसँग बराबरी गरेका छन्। ११८ गोलसँगै अन्तर्राष्ट्रिय खेलका सर्वाधिक गोलकर्ता बनेका छन् उनी। उनका यस्ता कैयौं कीर्तिमान र साझा रेकर्ड बनेकै छन्।

रोनाल्डोलाई मन पराउने र मन नपराउनेको अहिले सामाजिक सञ्जालमा घोचपेच सुरु भएको छ। रोनाल्डोलाई 'यु डिजर्भ बेटर' तथा 'यु डन्ट डिजर्भ दिस' जस्ता लाइनहरु पर्याप्तै आइरहेका छन्। शनिबार रातिको पराजयपश्चात् रोनाल्डोले कुनै पनि मिडिया तथा सामाजिक सञ्जालमा केही प्रतिकृया दिएका छैनन्।

यसपटकको विश्वकप रोनाल्डोका लागि खुसीको चाहिँ रहेन। पाँच खेल खेल्दा एकमात्रै गोल गरे, त्यो पनि पेनाल्टीमार्फत। सम्भवतः उनले खेलेको प्रतियोगितामा खराबमध्येको एक थियो कि! अनुमान लगाउन सकिन्छ। प्रि-क्वार्टरफाइनलमा स्विट्जल्यान्डविरुद्धको खेलमा सन् २००८ पश्चात् पहिलो पटक सुरुवाती समय बेन्चमा रहन पुगेका रोनाल्डोको व्यथा मोरक्कोविरुद्धको खेलमा पनि दोहोरियो।

उपाधि जित्नका लागि गएको टिम अन्तिम आठबाटै घर फर्किनुको पीडा उनलाई थियो। अहिले सामाजिक सञ्जालमा छाइरहेको उनको भिडियोमा त्यो पनि देखिएको छ। कुरा सिधा छ, उनको विश्वकप जित्ने एउटा सबैभन्दा ठूलो सपनामा पूर्णविराम लागेको थियो। 

अल थुमामा रंगशालामा मोरक्को र पोर्चुगलबीचको क्वार्टरफाइनल खेल १-० को नतिजामा सकियो। पोर्चुगल प्रतियोगिताबाट बाहिरिँदा मोरक्को सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेर इतिहास रच्यो। खेलमा युसुफ अल नासिरीले पहिलो हाफमा गरेको हेडर गोल रोनाल्डोले बेन्चमै बसेर हेरिरहेका थिए। खेलमा त्यही गोल निर्णायक बनेको थियो।

खेलको ५० औं मिनेटमा आर नेभेसको स्थानमा मैदान छिरेका रोनाल्डोले प्रभावशाली प्रदर्शन गर्न सकेनन्। एक समय टिममा सबैभन्दा महत्वपूर्ण खेलाडीका रुपमा रहने रोनाल्डो अहिले मैदानमा समय व्यतित मात्र गरिरहेका छन्। टिमका सबैले उनलाई लिडर मान्छन्। त्यसैले होला सुरुवाती समय उनलाई बेन्चमा राख्दा पोर्चुगिच प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भयो। तर रोनाल्डोलाई बेन्चमा राखेर आफूलाई कुनै पनि पछुतो नभएको सान्तोष बताउँछन्।

‘मलाई रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो छैन। किनकि मैले स्विट्जरल्यान्डविरुद्ध निकै राम्रो प्रदर्शन गरेको टिमलाई दोहोर्‍याएको थिएँ। त्यसैले त्यहाँ परिवर्तन जरुरी थिएन,’ सान्तोषले खेलपछि पत्रकार सम्मेलनमा भनेका छन्। साथै उनले रणनीतिक परिवर्तन सहज नहुने भन्दै मुटुबाट भन्दा पनि दिमागबाट चल्नुपर्ने र रोनाल्डो सधैं उत्कृष्ट खेलाडी नहुने बताएका थिए।

त्यस्तै सान्तोषले हारका कारण टोलीका कप्तान रोनाल्डो र आफू सबैभन्दा बढी दु:खी भएको पनि  बताए। ‘खेलाडी निकै दुखित छन्। नतिजाले निराश छन्। म सम्पूर्ण पोर्चुगल समर्थकलाई धन्यवाद दिन चाहन्छु। म यो पनि भन्न चाहन्छु कि हामी उहाँहरूभन्दा निराश छौं। हाम्रो टोली निकै राम्रो थियो। उत्कृष्ट खेलाडीको सम्मिश्रणले बनेको टोलीबाट पक्कै बढी अपेक्षा थियो। तर आज यो हारले निकै दु:ख लागेको छ,’ उनले आफ्नो भविष्यको बारेमा आगामी साता पोर्चुगल फुटबल संघका अध्यक्षसँगको छलफलपछि निर्णय लिने बताए।

अब अघिकै प्रश्न दोहोरिन्छ- के रोनाल्डोलाई फेरि पोर्चुगलको जर्सीमा खेलेको हेर्न पाइन्छ? अनि अर्को तर्क हुन्छ, ३७ वर्षे रोनाल्डोको खस्किएको लय र टिमसँगको सम्बन्धलाई हेर्दा उनी सायदै पोर्चुगलको जर्सीमा अब फर्किने छैनन्। ४२ वर्षसम्म पनि उच्च स्तरमा फुटबल खेल्न चाहने रोनाल्डोले अबको भविष्यबारे चाहिँ केही बताएका छैनन्। अहिले उनी व्यावसायिक फुटबलमा क्लबविहीन छन् र पोर्चुगलको टिममा पनि बेन्चमै रहे। तर उनीजस्तो खेलाडी सायदै पोर्चुगलले पाउन समय लाग्ला। नपाउला पनि। तर अहिले रोनाल्डोको जुन तरिकाले विश्वकपबाट बिदाइ भयो उनले त्यो भन्दा उनी धेरै लायक छन् – एउटा विश्वकप उपाधिका लागि योग्य छन्।

फ्रान्सका लिजेन्ड जिनेदिन जिदानले पनि रोनाल्डो एउटा विश्वकप उपाधिका लागि योग्य खेलाडी रहेको बताएका छन। इङ्ग्लिस मिडियासँग कुरा गर्दै जिदानले भनेका छन्, ‘रोनाल्डो उत्कृष्ट खेलाडी हुन्। हामीले रियल मड्रिडमा केही वर्षसँगै बिताइसकेका छौं। उनी धेरै माथिल्लो स्तरका खेलाडी हुन्। उनले जसरी आफ्नो खेल जीवन बिताए त्यो कुनै पनि खेलाडीका लागि सपना हो।’ जिदानले रियल मड्रिडको प्रशिक्षण गर्दा रोनाल्डोसँगै लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

रोनाल्डो पोर्चुगल फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट तथा विश्व फुटबलका उत्कृष्ट मध्येका एक हुन्। सन् २००१ बाट पोर्चुगिच यू-१५ खेल्दै आफ्नो अन्तराष्ट्रिय करिअरको सुरुवात गरेका रोनाल्डोले त्यसपछि यू-१७, २०, २१ र २३ खेलेका थिए। जसक्रममा उनले ३४ क्याप जित्दै १८ गोल गरे। रोनाल्डोले युथ स्तरमा गरेको प्रदर्शनले उनलाई राष्ट्रिय टिमसम्मको बाटो खुला भयो। र, १८ वर्षको उमेरमा उनको अन्तराष्ट्रिय सिनियर करिअरको सुरुवात भयो। २२ वर्षे युवा रोनाल्डोले सन् २००७ मा पहिलो पटक सिनियर टिमको कप्तानी निभाएका थिए। त्यसपछि सन् २००८ पश्चात् उनी पोर्चुगित कप्तानमा नियुक्त भए।

उनी टिममा आएपछि आफ्नो नेतृत्वमा लगातार पाँचवटा विश्वकपमा छनोट गराउन सफल भए। उनले आफ्नो नेतृत्वमा सन् २०१६ को युरोकप र सन् २०१८ को युइएफए नेसन्स लिग जिताए। उनी पोर्चुगलबाट अन्तराष्ट्रिय अल टाइम स्कोरर पनि हुन्। पाँच पटकका वालोन डी ओर विजेता रोनाल्डोले पोर्चुगलका लागि १९६ खेलमा ११८ गोल गरेका छन्।

प्रकाशित: Dec 11, 2022| 16:35 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।