शनिबार, साउन ३१, २०८२

कञ्चनपुरबाट लागूऔषधसहित उपमेयरका छोरा पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ 'ङ' गाउँबाट सशस्त्र प्रहरीले खैरो हेरोइनसहित ३० वर्षीय पंकज पन्तलाई पक्राउ गरेको हो।
 |  आइतबार, मंसिर २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

vianetvianet

धनगढी- कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ 'ङ' गाउँबाट सशस्त्र प्रहरीले खैरो हेरोइनसहित ३० वर्षीय पंकज पन्तलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका ती युवक शुक्लाफाँटा नगरपालिकाकी उपमेयर कल्पना जोशी (पन्त) का छोरा हुन्। शनिबार दिउँसो सशस्त्र प्रहरीको पुनर्वासस्थित बर्डर आउट पोष्ट (बीओपी) बाट खटिएको टोलीले पुरानो उनलाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो। भन्सारस्थित चेक प्वाइन्टबाट शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर घर भएका पन्तलाई पक्राउ गरिएको हो।

उनको साथबाट २० दशमलव ४ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि उनलाई छुटाउन प्रहरीलाई विभिन्न ठाउँबाट दवाब आइरहेको प्रहरी स्रोतले जनाएको छ।

उनको साथबाट से ३ प ८६९१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।

प्रकाशित: Dec 11, 2022| 13:49 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।